
सोमवार , श्रावण २५, २०७८
नवलपरासी २५ साउन। नेपाली काग्रेसका नेता तथा सांसद देवेन्द्रराज कण्डेलले नवलपरासी पश्चिमलाई समृद्ध जिल्लाको रुपमा विकास गर्न विभिन्न योजनाहरु अगाडी सारिएको बताएका छन्।
पश्चिम नवलपरासीको सरावल २ जावामा नवनिर्मित बहुउद्धेश्यि सभाहलको उद्घाटन गर्दै पुर्व गृहराज्यमन्त्री समेत रहेका नेता कण्डेलले नवलपरासी पश्चिमलाई समृद्ध जिल्लाको रुपमा बिकास गरिने बताए। उनले जावामा निर्माण भएको यो आधुनिक सुविधासहितको सभाहल पनि बिकासको एउटा मोडल भएको बताउदै विभिन्न कार्यक्रम, सभा, गोष्ठी तथा कार्यहरु गर्नुका साथै खेलकुदका बिभिन्न कार्यक्रम गराउन पनि सहज हुने धारणा राखे।
नेता कण्डेलले जिल्लाको पर्यटकिय क्षेत्रको विकासमा आफु लागि परेको जानकारी गराउदै सबैको साथ र सहयोग भए नवलपरासी पश्चिमलाई नुमना जिल्लाको रुपमा स्थापित गर्न सकिने धारणा ब्यक्त गरे।
कोलबृक्ष पर्यटन बिकास संस्थाका अध्यक्ष नरेन्द्र प्रसाद चौधरीको अध्यक्षता तथा नेता कण्डेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीले नवनिर्मित सभाहलबाट यस क्षेत्रका स्थानीयले ठूलो लाभ लिने बताए। उनले सरावल गाउपालिका भित्र पर्यटनको सम्भावना बोकेका सम्पुर्ण क्षेत्रलाई विकास गर्दै सरावललाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न आफु लागि परेको बताए।
कार्यक्रममा काग्रेस नेता तथा संविधानसभा सदस्य शंकर पाण्डेय, नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन प्रसाद शर्मा, केन्द्रिय शिक्षा बिभाग सदस्य राधेश्याम पाठक, सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा राय, आदिवासि जनजातिका जिल्ला अध्यक्ष देवराज चौधरी, नेपाली कांग्रेसका जिल्ला सदस्य देवराज भण्डारी, सरावल गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल, नेपाली कांग्रेस सरावल गाउपालिका सभापति बिनोद कुमार पाण्डेय लगाएतको उपस्थिती रहेको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij