
सोमवार , श्रावण २५, २०७८
भैरहवा, २५ साउन ।
रुपन्देही प्रहरीले पाँच लाख बढीको अवैध सामान बरामद गरेको छ । शनिबार र आइतबार प्रहरीले ५ लाख ९१ हजार ३ सय रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले अवैध रुपमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको चश्माको फ्रेम थान १ सय पिस, चश्माको खोल २ सय दर्जन, हार्डवेयर बेरिङग–४ पिस लगायतका सामानहरु गरी ५९ हजार बराबरको सामान बरामद गरेको हो । बरामद गरिएको सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।
त्यस्तै ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले सुट २४ पिस, मातहत प्रहरी चौकी कालिदहबाट खटिएको टोलीले पाडा २ वटा र प्रहरी चौकी सुक्रौली आमाबाट खटिएको टोलिले साडी ६ पिस, थानको कपडा ४० मिटर, मिठाई २ प्याकेट, मिठाई बनाउने पिठो १५ प्याकेट गरी ७६ हजार बराबरको भारतबट भन्सारछली अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको सामान बरामद गरेको छ । बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय र पाडाहरु पशु क्वारेन्टाइन कार्यालय बेलहिया पठाइएको डीएसपी थापाले जानकारी दिए ।
त्यस्तै ईलाका प्रहरी कार्यालय मझगावा रुपन्देहीबाट खटिएको टोलीले ३ बोरा चिनी, प्रहरी चौकी मर्यादपुर रुपन्देहीबाट खटिएको टोलीले ९ बोरा चिनी र २२ किलो चियापत्ति र १९ वटा ब्रोईलर कुखुरा गरी ७० हजार ३ सय बराबरको सामान बरामद गरेको हो । त्यसै गरी ईलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी मैनिहवाबाट खटिएको संयुक्त टोलीले ५० हजार बराबरको ६० पिस बरामद गरेको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको टोलीले सियारी गाउँपालिका–२ का २६ वर्षिय श्याम बिहारी हरिजनले चलाएको लु १ च ५८६० नम्बरको छोटा हात्ती गाडीमा भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चिनी १६ बोरा, गाडीसहित गरी ३ लाख ३६ हजार बराबरको सामान बरामद गरी चालकलाई नियन्त्रणमा लिइ भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij