२०८२, माघ २९ गते

Feb 12 2026 | २०८२, माघ २९ गते

विपन्न परिवारलाई जसपाको सहयोग   

सोमवार , श्रावण २५, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • कपिलवस्तु, २५ साउन । 
    सडक दुर्घटनामा परि मृत्यु भएका कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर ३ असुरैनाका सत्तन कोहारको परिवारलाई जनता समाजवादी पार्टीले राहतस्वरुप खाद्यान्न र आर्थिक सहयोग गरेको छ । अत्यन्त विपन्न उक्त परिवारलाई जसपाले डेढ महिनालाई पुग्ने खाद्यान्न लगायत जिन्सी सामान र आर्थिक सहयोग गरेको हो । 

    पार्टीका नेताहरु पूर्व मन्त्री दान बहादुर चौधरी, जसपा प्रदेश अध्यक्ष अशोक यादव, शुद्धोधन गाउँपालिका अध्यक्ष इसहार अहमद खान, जसपा विपद ब्व्वस्थापन समिति प्रदेश संयोजक हरी घर्ति मगर मृतकको घरमै पुगेर राहत प्रदान गरिएको जसपा विपद् व्यवस्थापन समिति रुपन्देही संयोजक रवि कुमार रौनियारले बताए । सो कार्यक्रममा गाउँपालिका अध्यक्ष खानले पीडित परिवारको घर पुनःनिर्माण गरिदिने घोषणा गरेका छन् । यसअघि जसपाको विपद् व्यवस्थापन समितिले रुपन्देहीमा पनि विपन्न परिवारलाई सहयोग गरेको थियो ।