२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

रुपन्देहीमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

सोमवार , श्रावण २५, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, २५ साउन । 

    रुपन्देहमिा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार २०१ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

    हालसम्म रुपन्देहीमा २९ हजार ६ सय १८  जनामा कोरोना संक्रमण पुष्ठी भएको छ भने  २८ हजार ६ सय ३० जना  संक्रमण मुक्त भएका छन्  । हालसम्म कोरोना संक्रमणका कारण  जिल्लामा ५ सय १७ जनाको मृत्यु भएको छ  । त्यस्तै जिल्लामा हाल चार सय ७२ जना सक्रिय संक्रमीत रहेका छन् ।

    कुन पालिकामा कति संक्रमित  थपिए ?

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी  बुटवल उपमहानगरपालिकामा १९, तिलोत्तमा नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ।

    यस्तै सिद्धार्थनगर नगरपालिका र देवदह नगरपालिकामा ४/४ जना र  सैनामैना नगरपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।