
मंगलवार , श्रावण २६, २०७८
भैरहवा। सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न तथा त्यसका लागि आबश्यक तयारी थाल्न भन्दै लुम्बिनी प्रदेश सभामा रहेका नेकपा माओवादी केन्द्रका सांसद कपिलबस्तुको राजापानी रिर्सोटमा बसेका छन्।
गठबन्धनले अविश्वासको प्रस्तावका पक्षमा रहेका ४१ जना सांसदलाई एकै ठाँउबाट लगेर अविस्वास प्रस्तावका पक्षमा मतदान गर्न सहज बनाउनका लागि रिर्सोटमा राखिएको सांसदहरुले जनाएका छन्।
सांसद तानातान हुने डर तथा आबश्यक छलफलका लागि गठबन्धनले यस्तो तयारी गरेको एक सांसदले बताए। उनले सरकारको बिपक्षमा रहेका ४१ जना सांसदका लागि रिर्सोट बुक गरिएपनि अहिले माओवादी केन्द्रका सांसद रिर्सोटमा रहेका छन्।
प्रदेश प्रमुखले आब्हान गरेको लुम्बिनी प्रदेश सभाको बिशेष अधिबेशन फिर्ता गर्न माग गर्दै सत्ता पक्षिय सांसद लिला गरी लगाएतले हिजो सर्वोच्चमा रिट दर्ता गराएका छन्। उक्त रिटको बिषयमा छलफल गर्न सर्वोच्चले आज पेशी तोकेको छ। सर्वोच्चको निर्णयपछि मात्रै छलफल अगाडि बढ्ने बिपक्षी सांसदले बताएका छन्।
विपक्षी गठबन्धनले दर्ता गरेको अविश्वास प्रस्तावमाथि भोलि छलफल हुने भएकाले सांसदलाई प्रलोभनमा पार्ने डरले रिसोर्टमा लगिएको भए पनि सत्तापक्ष दल नेकपा एमाले भने विपक्षी गठबन्धनका कम्तीमा २ जना सांसद आफ्नो पक्षमा तान्न लागिपरेको छ।
एमाले नेतृत्वको सरकार नरहने भन्दै गठबन्धनले आफ्ना सांसद सुरक्षित राख्नका लागि बिपक्षीले यस्तो रणनीति तयार गरेको बताईएको छ।
जनता समाजवादी पार्टिको कार्वाहीमा परेका तीनजना सांसदलाई सर्वोच्च अदालतले पुर्नबहाली नगरेपछि शंकर पोखरेल नेतृत्वको सरकार स्पष्ट रुपमा अल्पमतमा परेको छ। सोमबार दोश्रो पटक पुर्नबहालीको माग गर्दै सर्वोच्च पुगेका तीन सांसदलाई सर्वोच्चले पुर्नबहाली गर्न अस्वीकार गरेपछि प्रदेश सरकार स्पष्ट रुपमा अल्पमतमा परेको छ।
लुम्बिनी प्रदेश सभा, नेपाली काग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले सर्वोच्चको निर्णय पछाडिको अबस्थालाई ध्यानमा राखेर छलफल गरिने बताए। उनले गठबन्धनका ४१ सांसद एकै ठाउमा जम्मा भएर प्रदेश सभामा पुगेर अबिश्वास प्रस्तावको छलफलमा भाग लिने बताए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij