२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

ज्येष्ठ नागरिकलाई घरघरमै खोप

मंगलवार , श्रावण २६, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • बनेपा, २६ साउन। ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले पुष्टि गरेको छ।
    अहिले नगरपालिकाले उहाँहरुलाइ घरघरमा पुगेर कोरोना विरुद्धको खोप लगाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ। नमोबुद्ध –८ का १०२ वर्र्षीय अमन्तीनाथ हुमागाईँले आफ्नै निवासमा सोमबार कोभिशिल्डको दोस्रो मात्रा खोप लगाएपछि भने “ आज म खुशी छु। नगरपालिकालाई धन्यवाद दिन चाहन्छु।
    उनलाई नगरपालिकाको स्वास्थ्यक्रर्मी टोलीले घरमै पुगेर खोप लगाइदिएको थियो। सोही अवसरमा नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले उनँलाई खोप कार्ड प्रदान गर्दै ६५ वर्षदेखि १०२ वर्षसम्मका नागरिकलाई घरमै पुगे खोप लगाउने  व्यवस्था मिलाएको जानकारी दिए।

    नगरप्रमुख तिमल्सिना स्वास्थ्यकर्मी लिएर ज्येष्ठ नागरिकको घरघरमा पुगेर खोप लगाउने अभियानमा तल्लीन छन्। नगरपालिकाले गत फागुन २३ देखि २९ गतेसम्म पनि पहिलो चरणको खोप अभियानका शुरुआत गरेको थियो।  नगरपालिकामा ६५ वर्षमाथि एक हजार ७०७ नागरिक रहेका बताइएको छ। 
    नगरका ११ वटै वडामा खोप केन्द्र तोकिएको छ उनले भने“कोही नागरिक खोपबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यसहित अभियान चलाइरहेका छौँ।” नगरपालिकाले ज्येष्ठ नागरिकलाई खोपसँगै मास्क, स्यानिटाइजर र च्यावनप्रासलगायतका स्वास्थ्य सामग्रीसमेत वितरण गरेको छ। रासस