images
images

सोमवार, जेठ ७ गते २०८१

दुर्घटनामा परि गम्भीर घाईते भएका प्रहरी ईन्सपेक्टर बाग्लेको मृत्यु

दुर्घटनामा परि गम्भीर घाईते भएका प्रहरी ईन्सपेक्टर बाग्लेको मृत्यु

images
images
images
मंगलवार, श्रावण २६ २०७८
मंगलवार, श्रावण २६ २०७८
  • दुर्घटनामा परि गम्भीर घाईते भएका प्रहरी ईन्सपेक्टर बाग्लेको मृत्यु

    परासी, २६ साउन । गएराती ११ बजे उपचारको क्रममा प्रहरी निरिक्षक कपिल बाग्लेको मृत्यु भएको छ। हिजो सोमबार राती ८ बजेको समयमा मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका पश्चिम नवलपरासीको ईलाका प्रहरी कार्यालय बर्दघाटका ईन्चार्ज प्रहरी निरिक्षक कपिल वाग्लेको युनिभर्सल मेडिकल कलेज भैरहवाँमा राती ११ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको हो।

    images
    images
    images

    हिजो सोमबार राती साढे ८ बजेको समयमा पुर्व पश्चिम राजमार्गमा पैदल हिँडिरहेको अवस्थामा लु १४ प ८७५८ नम्बरको मोटरसाईकलले उनलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाईते भएका प्रहरी ईन्सपेक्टर वाग्लेलाई उपचारका लागि भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो।

    तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका वडा ४ बस्ने ४३ बर्षिय गम्भीर घाईते भएका प्रहरी ईन्सपेक्टर बाग्लेको उपचारकै क्रममा रातको ११ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरिक्षक राजु लामाले पुष्टि गरे। डिएसपी लामाका अनुसार उनको शव प्रादेशिक अस्पताल बुटवलमा राखिएको र उनका आफन्त आएपछि शव जिम्मा लगाईने बताए।

    ईन्सपेक्टर वाग्लेलाई ठक्कर दिने मोटरसाईकलका चालक सुनवल नगरपालिका वडा नम्बर १ का दिपेन्द्र पुन पनि गम्भिर घाईते भएका छन्। उनको अहिले प्रहरीको निगरानीमा पृथ्वीचन्द्र अस्पतालमा परासीमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।

    ठक्कर दिने मोटरसाईकल प्रहरीको नियन्त्रणमा छ। प्रहरी निरिक्षक वाग्ले अख्तीयार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट सरुवा भै २०७७ पुष १२ गते ईलाका प्रहरी कार्यालय बर्दघाटको प्रमुखको रुपमा बर्दघाट आएका थिए।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij