
बुधवार , श्रावण २७, २०७८
बुटवल, २७ साउन ।
नेकपा एमाले संसदीय दलको बैठकले प्रदेश प्रमुख अमिक शेरचनले गरेको कार्य अवैधानिक भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले प्रदेश प्रमुखले बोलाएको सदन भन्दा पहिला प्रदेश सभा सचिवालय र सभामुखले कार्य परामर्श समितिको बैठक नबसी निर्णय गर्नु दुःखद भएको बताए । राजीनामा वा अविश्वास प्रस्ताव सामना भन्नेमा अदालतको निर्णय अनुसार अगाडि चर्चा चलिरहेको नेकपामा लिला गिरीले सर्वोच्चमा पेश गरेको रिटले आज पनि स्थान पाएन ।
आजको संसदमा सहभागि हुने वा नहुने तथा राजीनामा दिने या अविश्वास प्रस्ताव र सामना गर्ने भन्ने निर्णय दलका नेता एवं मुख्यमन्त्री शंकर पोख्रेललाई दिएको उनले जानकारी दिए । उनले आजको बैठकमा सहभागि हुने पर्ने आवश्यकता नदेखेको तर्क गरेका छन् । प्रदेश प्रमुखले गरेको यो निर्णय असंवैधानिक भएको र एमालेले सहयोग गर्ने पर्ने अवस्था नभएकोले सहभागी नहुन पनि सकिने तर्क गरेका हुन् । यसरी हेर्दा नेकपा एमालेले आजको बैठक बहिष्कार गर्ने सम्भावना बढेर गएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij