२०८२, माघ २९ गते

Feb 12 2026 | २०८२, माघ २९ गते

एमालेले बहिस्कार गरे पनि अविश्वास प्रस्ताव टेबुल हुन्छ : सभामुख घर्ती

बुधवार , श्रावण २७, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • बुटवल ।

    लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले अविश्वासको प्रस्ताव जसरी पनि टेबल हुने बताएका छन् । सभामुख घर्तीले विश्वासको मत लिने र अविश्वासको मत माथि छलफल हुने प्रक्रिया निर्वाचन प्रक्रिया भएको बताएका छन् । उनले निर्वाचन प्रक्रियामा मतदाता वा उम्मेदवार वा आउँदैमा निर्वाचन प्रक्रिया नरोकिने बताउँदै यो पनि स्वय अनुसार के भएको उल्लेख गरे । उनले खबरपात्रोसंग कुराकानी गर्दै भने “ विश्वासको मत लिने र अविश्वासको प्रस्ताव माथि छलफल हुने प्रक्रिया आफैंमा निर्वाचन प्रक्रिया हो कुनै पनि एउटा निर्वाचनमा एउटा उम्मेद्वार अनुपस्थिति हुन्छ भनेर वा मतदात अन्माउने भनेर निर्वाचन प्रक्रिया रोकिँदैन।”

    यता नेकपा एमाले बैठक बहिष्कार गर्ने सम्बन्धमा आफुलाई कुनैपनि औपचारिक जानकारी नभएको बताएका छन् । अविश्वासको प्रस्ताव माथि छलफल गराउन विशेष अधिवेशन आव्हान भएकोले कार्य परामर्श समितिको बैठक पनि बस्नु नपर्ने जानकारी दिए ।