२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

बुधवार , श्रावण २७, २०७८

२७ साउन, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् ।

एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनबाट  दाङ क्षेत्रनम्बर २ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित पोखरेल २०७४ साल फागुन ३ गते पहिलोपटक र गत बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए ।