२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

रुपन्देहीमा एकैदिन ६१ जना कोरोना संक्रमित थपिए

बुधवार , श्रावण २७, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, २७ साउन । 

    रुपन्देहमिा पछिल्लो २४ घण्टामा ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार दुई सय २५ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ६१ जनामा संक्रमण पुष्टि भएको हो ।

    हालसम्म रुपन्देहीमा २९ हजार ७ सय २६  जनामा कोरोना संक्रमण पुष्ठी भएको छ भने  २८ हजार ७ सय ६१ जना  संक्रमण मुक्त भएका छन्  । हालसम्म कोरोना संक्रमणका कारण  जिल्लामा ५ सय १७ जनाको मृत्यु भएको छ  । त्यस्तै जिल्लामा हाल चार सय ८२ जना सक्रिय संक्रमीत रहेका छन् ।

    कुन पालिकामा कति संक्रमित  थपिए ?

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी  बुटवल उपमहानगरपालिकामा २७, तिलोत्तमा नगरपालिकामा १४ र सिद्धार्थनगर नगरपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ।

    यस्तै सैनामैना नगरपालिकामा ४,  देवदह नगरपालिकामा ३, कञ्चन गाउँपालिकामा २ र सियारी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।