२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

मुख्यमन्त्रीमा केसीको सपथ ४ बजे

बिहिवार , श्रावण २८, २०७८

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीले सपथ लिदैछन्। उनले अहिले ४ बजे सपथ लिन लागेका हुन्। प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट मात्रै नयाँ सरकार गठनका लागि दाबी परेका कारण केसी नियुक्त भई सपथ लिनेछन्।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) बमोजिम आज दिउसो ३ बजेसम्मको समय दिएका थिए। ३ बजेपछि प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका छन्। 

प्रदेश प्रमुखको कार्यालयका उपसचिव चिरञ्जीवि पौडेलले ४ बजे सपथ ग्रहणको कार्यक्रम तय भएको बताए।

केसी रोल्पा १ (क)बाट निर्वाचित सांसद हुन्। गठबन्धनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ।