
बिहिवार , श्रावण २८, २०७८
भैरहवा, २८ साउन । इन्स्योरेन्स एशोसिएसन अफ भैरहवाको पदस्थापन समारोह बुधबार भैरहवामा सम्पन्न भएको छ । अजोड इन्स्यारेन्स लिमिटेड भैरहवाका शाखाका प्रमुख प्रकाश शर्माको अध्यक्षतामा वर्ष २०२१/२२ का लागि नवगठित एशोसिएसनको कार्यसमितिलाई कार्यक्रममा पदस्थापन गराइएको थियो ।
कार्यक्रममा एशोसिएसनका संस्थापक अध्यक्ष शर्मालाई नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी लुम्बिनी च्याप्टर (निप्स) का संस्थापक अध्यक्ष विश्वदिपक नेपालले सपथग्रहण गराएका थिए । त्यस्तै कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष शर्माले सपथ ग्रहण गराएका थिए ।
एशोसिएशनको प्रथम उपाध्यक्षमा पंकज यादव, द्वितीय उपाध्यक्षमा गणेश गैरे, महासचिवमा रवि थपलिया, सचिवमा लक्ष्मी थापा, कोषाध्यक्षमा सतिश भुषाल, फण्ड राइजिङ चेयरमा सन्तोष खनाल, प्रोग्राम कोर्डिनेटरमा समिर बस्नेत, टे«निङ चेयरमा कमलेश्वर अग्रहरी, मेम्बरसिप डेभलपमेन्ट चेयरमा संचित भट्टराई र स्पोटर्स चेयरमा राजेश श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा केशव भण्डारी, बाबुराम तिवारी, जागृत केसी, निरज विक्रम शाह, जय सिंह थापा, वीना पौडेल क्षेत्री, सन्तोष अर्याल र अशोक रसाइली रहेका छन् । त्यस्तै एशोसिएशनको प्रमुख सल्लाहकारमा केशव पन्थी, सल्लाहकारमा गोपाल ज्ञवाली, कमल कार्की र विजय ज्ञवाली रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले पेशागत हकहितका लागि संघ–संस्था आवश्यकता रहेको बताए । उनले सिद्धार्थ उद्योग वाणिज्य संघ इन्स्योरेन्स एशोसिएसन अफ भैरहवासंग सहकार्य गर्न तयार रहेको बताए । अध्यक्ष न्यौपानेले एक वर्षे कार्यकाल रहेकोमा कार्यकालको अवधि बढाउन सुझाव दिए । भैरहवा बैंकर्स क्लबका अध्यक्ष खिम बहादुर कार्कीले बीमा र बैंकबीच नङ र मासु जस्तो सम्बन्ध रहेको बताए । उनले संस्थागत रुपमा अगाडी बढे संस्थाले उठाएका मागहरुको सुनुवाइ हुने बताए । उनले इन्स्योरेन्स एशोसियसनसंग समन्वय÷सहकार्य गर्न तयार रहेको बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी.ले पछिल्लो समय बीमा क्षेत्रले फड्को मार्दै गएको बताए । उनले बीमा सचेतनासम्बन्धि ग्रामीण क्षेत्र केन्द्रीत कार्यक्रम आवश्यक रहेको बताए । अध्यक्ष केसीले कोरोना बीमा भुक्तानीमा ढिलाई भएकाले यसतर्फ बीमा कम्पनीले विशेष ध्यान दिनेपर्ने आवश्यकता रहेकोमा जोड दिए ।
इन्स्योरेन्स एशोसिएसन अफ भैरहवाका सल्लाहकार केशव पन्थीले वर्ष २०२१/२२ को कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिए । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी लुम्बिनी च्याप्टर (निप्स) का संस्थापक अध्यक्ष विश्वदिपक नेपालले एसोसिएसनसंग निप्स सहकार्य र समन्वय गर्न तयार रहेको बताए । जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड लुम्बिनी प्रदेश प्रमुख गोपाल ज्ञवालीले बीमा क्षेत्रमा बढ्दो अस्वस्थ प्रतिष्पर्धा बढेकाले बीमा कम्पनीका कर्मचारीबीच समन्वय र सहकार्यको आवश्यकता रहेकोमा जोड दिए ।
वार्षिक कार्ययोजना प्रस्तुत
कार्यक्रममा इन्स्योरेन्स एशोसिएसन अफ भैरहवाका संस्थापक अध्यक्ष प्रकाश शर्माले वर्ष २०२१/२२ मा संस्थाले गर्ने वार्षिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । उनले घुम्ती रक्तदान कार्यक्रम, वृक्षारोपण, लागूऔषध दुव्र्यसनीविरुद्ध सचेतना कार्यक्रम, आपतकालिन कोष स्थापना, बैंकर्स, लुम्बिनी प्रेस क्लब, निप्स, जिल्ला ट्राफिक प्रहरी कार्यालयसंग अन्तरक्रिया कार्यक्रम, वनभोज, कर्मचारीलाई उत्प्रेरणामूलक तालिम, बीमा सम्बन्धि सचेतना कार्यक्रम, फुटसल प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिने जानकारी दिए ।
इन्स्योरेन्स एशोसिएसन अफ भैरहवाका संस्थापक अध्यक्ष प्रकाश शर्माको अध्यक्षता, कार्यक्रम संयोजक सतिश भुषालको स्वागत तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखा प्रबन्धक एवं एशोसिएसनका सचिव लक्ष्मी थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij