images

बिहिवार, बैशाख २७ गते २०८१

आइसीएफसीको शाखा तिलोत्तमाको ड्राईभर टोलमा

आइसीएफसीको शाखा तिलोत्तमाको ड्राईभर टोलमा

images
images
images
शुक्रवार, श्रावण २९ २०७८
शुक्रवार, श्रावण २९ २०७८
  • आइसीएफसीको शाखा तिलोत्तमाको ड्राईभर टोलमा

    बुटवल, २९ साउन ।
    तिलोत्तमा नगरपालिकाको ड्राईभर टोलमा आइसीएफसी फाइनान्स लिमिटेडको २० औं शाखा उद्घाटन भएको छ । आइसीएफसी फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले शुक्रबार औपचारिक रुपमा रिबन र केक काटेर कार्यालयको उदटन गर्दै सेवा शुभारम्भ गरेका छन् । सो अवसरमा पन्तले वाणिज्य र विकास बैकको दरमा ब्याज ऋण दिएर सेवा गरेको बताए । पोखरामा शाखा सेवा विस्तारसंगै रुपन्देहीमा तेस्रो शाखा भएको उनले बताए । ‘अब हामी पुर्वतर्फ सेवा विस्तारको अभियानमा छौ, ’उनले भने ।

    images
    images
    images

    तिलोत्तमा नगर बुटवल र सिद्धार्थनगरबीचमा रहेको नमुना नगरपालिका जोड्ने रुपमा रहेको उनले बताए । फाइनान्सको १६ अर्बको ब्यालेन्स सिट रहेको छ । स्थानीय विकासमा नै लगानी गराउने योजना छ, डेढ लाख बढी सेवाग्राहीहरु छन् । देशभर २ सय बढी कर्मचारी रहेका छन, ’उनले भने । कोभिडकै कारण सबै क्षेत्रमा नकारात्मक प्रभाव पर्दा बैकिङ क्षेत्रमा पनि उनले बताए । 

    फाइनान्सका शाखा प्रमुख दिपक अर्यालले शहरीकरणतर्फ अग्रसर रहेको तिलोत्तमा नगरमा बैकिङ सेवा दिने लक्ष्यसहित शाखा विस्तार गरेको बताए । योसंगै प्रत्येक शाखामा एटीएम रहेको र सेवाग्राहीले भारतमा समेत एटीएम प्रयोग गर्न सक्ने उनले दावी गरे । सेकेण्डरी मार्केटमा समेत राम्रो महत्व रहेको उनले बताए। 

    फाइनान्सका बुटवल शाखा प्रमुख कमल ज्ञवाली रुपन्देहीमा ३ वटा शाखाबाट सेवा दिइरहेको बताए । बैंक तथा वित्तीय सेवाबाट वञ्चित रहेका ग्रामीण क्षेत्रका जनतामाझ पुग्ने गरी योजना बनाइएको उनले बताए । नेपाल राष्ट्र बैकबाट ग वर्गको राष्ट्रियस्तरको ईजाजतपत्र प्राप्त संस्थाको काठमाण्डौमा मुख्य कार्यालयसहित ७ वटा शाखा र एक्सटेन्सन काउन्टर रहेको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij