images

बिहिवार, बैशाख २७ गते २०८१

पाल्पामा ५० हजार बढीले लगाए कोरोना बिरूद्धको खोप

पाल्पामा ५० हजार बढीले लगाए कोरोना बिरूद्धको खोप

images
images
images
शुक्रवार, श्रावण २९ २०७८
शुक्रवार, श्रावण २९ २०७८
  • पाल्पामा ५० हजार बढीले लगाए कोरोना बिरूद्धको खोप

    बुटवल । पाल्पामा १८ वर्ष उमेर समूह माथिका विभिन्न उमेर समूह र लक्षित क्षेत्रका गरि ५० हजार बढी मानिसले कोरोना बिरुद्धको खोप लगाएका छन्। स्वास्थ्य कार्यालय पाल्पाको तथ्यांक अनुसार कोरोना बिरुद्धको पहिलो र दोस्रो दुबै डोजका खोप लगाउने मानिसको संख्या ५२ हजार ३ सय ९२ जना रहेको छ ।

    पाल्पाका ५० वर्ष माथि उमेर समूहका १९ प्रतिशत अर्थात् २६ हजार आठ सय १३ जनाले कोरोना बिरुद्धको दुबै डोजका खोप लगाएका हुन् । पाल्पामा १८ वर्ष माथि उमेर समूहका १ लाख ४३ हजार जनसङ्ख्यामध्ये १८ दशमलब ७४ प्रतिशतले कोरोना बिरुद्धको दुबै डोजका खोप लगाएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

    केही दिनभित्रै १८ वर्ष माथिका कुल जनसङ्ख्याको ३६ प्रतिशत मानिसले दुबै डोजका खोप पाउने उनले बताए ।  स्वास्थ्य कार्यालय पाल्पाका अनुसार ६५ वर्ष उमेर समूहका ९ हजार २ सय ५५ जना जेष्ठ नागरिकले बुधबार मात्र खोप लगाएका छन् । पाल्पामा अहिलेसम्म कोभिसिल्ड, भेरोसेल र जोनसन एण्ड जोनसन खोप लगाइएको छ।

    पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले कोरोना भाइरस नियन्त्रणका लागि पहिलो लहरमा खटेका नागरिक, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, स्वास्थ्य क्षेत्रमा क्रियाशिल कर्मचारी, निजामति कर्मचारी, पत्रकार र  सुरक्षाकर्मी लगायतले खोप लगाइसकेको बताए । 

    फ्रन्टलाइनमा खटिने केही विविध कारणले खोप लगाउन छुटेका छन्।

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij