२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

रुपन्देहीमा एकैदिन ५२ जना कोरोना संक्रमित थपिए

शुक्रवार , श्रावण २९, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, २९ साउन । 

    रुपन्देहमिा पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार एक सय ६९ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

    हालसम्म रुपन्देहीमा २९ हजार ८ सय १६  जनामा कोरोना संक्रमण पुष्ठी भएको छ भने  २८ हजार ८ सय ५६ जना  संक्रमण मुक्त भएका छन्  । हालसम्म कोरोना संक्रमणका कारण  जिल्लामा ५ सय १९ जनाको मृत्यु भएको छ  । त्यस्तै जिल्लामा हाल चार सय ४२ जना सक्रिय संक्रमीत रहेका छन् ।

    कुन पालिकामा कति संक्रमित  थपिए ?

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी  बुटवल उपमहानगरपालिकामा २७, तिलोत्तमा नगरपालिकामा ८ र सैनामैना नगरपालिकामा ७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ।

    यस्तै सिद्धार्थनगर नगरपालिकामा ६, देवदह नगरपालिकामा ३ र कञ्चन गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।