२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

सामुदायिक विद्यालय महासंघले सिद्धार्थनगर नगरपालिकालाई बुझायो ध्यानाकर्षण पत्र

आइतवार , श्रावण ३१, २०७८

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • भैरहवा, ३१ साउन ।
    सिद्धार्थनगरमा अवस्थित सामुदायिक विद्यालयहरुको छाता संगठन ‘सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल, सिद्धार्थनगर’ले आइतबार सिद्धार्थनगर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघका अध्यक्ष सुशील गुरुङ्गले सिद्धार्थनगरमा अवस्थित १७ वटै विद्यालयहरुको शिक्षासंग सम्बन्धित विभिन्न साझा समस्याहरुलाई सम्बोधन गर्न माग गर्दै नगरप्रमुख हरि प्रसाद अधिकारीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् । 

    सामुदायिक विद्यालयहरुको समग्र शैक्षिक तथा भौतिक विकासको लागि ‘शिक्षा समिति’मा संस्थागत सहभागिता, कोभिडको महामारीलाई मध्यनजर गर्दै विद्यार्थीहरुको भविष्यमा पनि प्रतिकुल असर नपरोस् भनी विभिन्न विकल्पहरुमा छलफल, नगरमा अध्यापन पेशामा संलग्न शिक्षक–शिक्षिका तथा कर्मचारीलाई यथाशिघ्र कोभिडविरुद्धको खोपको उपलब्धता गर्न महासंघले माग गरेको छ ।

    त्यस्तै संघीय सरकारले घोषणा गरेको न्युनत्तम पारिश्रमिक पाउने गरी बालविकासको शिक्षक–शिक्षिका तथा प्रशासनिक कर्मचारीलाई स्थानीय तहबाट सम्बोधन, प्रत्येक आर्थिक वर्षमा भौतिक निर्माणको लागि प्रदान गरिने बजेट सवै विद्यालयलाई क्रमिक रुपमा उपलब्धता तथा निरन्तरता, व्यवस्थापन समिति नभएको विद्यालयमा यथाशिघ्र नयाँ समितिको लागि निर्वाचनको व्यवस्था लगायतका विषयमा छलफल भएको महासंघले जनाएको छ ।

    कार्यक्रममा संस्थाका सचिव तथा श्री बेलहिया माध्यमिक विद्यालयका अध्यक्ष सुरेन्द्र क्षेत्री, श्री नवदुर्गा मा.वि.का अध्यक्ष गोविन्द यादव, श्री सिद्धार्थ आधारभुत विद्यालयका अध्यक्ष गोविन्द प्रसाद बस्याल लगायतको सहभागिता रहेको थियो ।