images
images

आइतवार, जेठ ६ गते २०८१

कोरोना महामारीले सञ्चारगृह संकटमा पर्दा पेशागत सुरक्षा थप चुनौतीपूर्ण

कोरोना महामारीले सञ्चारगृह संकटमा पर्दा पेशागत सुरक्षा थप चुनौतीपूर्ण

images
images
images
सोमवार, श्रावण ३२ २०७८
सोमवार, श्रावण ३२ २०७८
  • कोरोना महामारीले सञ्चारगृह संकटमा पर्दा पेशागत सुरक्षा थप चुनौतीपूर्ण

    बुटवल, ३२ साउन ।
    कोरोना महामारीसँगै नेपाली पत्रकारितामा सुरक्षा चुनौती थपिएको सरोकारवालाहरुले बताएका छन । समाचारका विषयमा पत्रकारहरुमाथि हुने भौतिक असुरक्षासँगै कोरोनाले सञ्चार माध्यम नै संकटमा पर्दा पत्रकारहरुको पेशागत सुरक्षा थप चुनौतीपूर्ण बनेको उनीहरुको भनाइ छ । नेपाल पत्रकार महासंघसँगको सहकार्यमा मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालले आइतबार बुटवलमा आयोजना गरेको फ्रि मिडिया नेटवर्कको पैरवी रणनीति सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले पत्रकारिता पेशामा कोरोनासँगै नयाँ नयाँ चुनौतीहरु थपिएको बताइएको हो ।

    images
    images
    images

    सञ्चार माध्यमको दीगोपनामा निकै ठूलो चुनौती देखा परेकाले यसले पत्रकारहरुको भविष्य नै असुरक्षित बनाइदिएको पत्रकार सम्बद्ध व्यक्तिहरुको चिन्ता थियो । कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सदस्य रमा अर्यालले पत्रकारिता क्षेत्रको खबरदारीले सुशासनयुक्त समाज निर्माण गर्न सहयोग गरेको भन्दै सञ्चारगृह र पत्रकारहरुलाई संरक्षण गर्नुपर्ने बताइन् । उनले पत्रकारको भौतिक र पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्नेमा जोड दिइन् । उनले प्रदेश सरकारले ल्याएको सञ्चार ऐनका सन्दर्भमा आफूहरु त्यसलाई संशोधन गर्न तयार रहेको बताइन् ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेले कोरोनाले सञ्चारगृह र पत्रकार निकै नराम्रोसंग प्रभावित भएको बताए । उनले तीन तहको सरकार सञ्चार गृहहरुको संरक्षणमा ध्यान दिनुपर्ने बताए । उनले पत्रकार समाचार लेखेका कारण असुरक्षित हो की उसको चरित्रका कारण त्यसबारे पनि छलफल गर्नुपर्ने बताए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईले पञ्चायतकालमा सञ्चारगृह प्रतिबन्धित भए पनि सरकारी संयन्त्र मिडियामैत्री रहेको बताए । तर, अहिले जनप्रतिनिधिलाई चुनेर पठाएको बेला सञ्चारगृहले कुनै पनि सेवा सुविधा नपाएको बताए ।

    महासंघ रुपन्देहीका अर्का अध्यक्ष तथा संविधानसभा सदस्य विनोद पहाडीले प्रेस स्वतन्त्रताको वकालत गरे पनि सूर्ती उद्योगले जति पनि सुविधा नपाएको भन्दै सरकार नेपाली मिडियाप्रती उदासिन बनेको बताए । उनले पत्रकार भन्ने बित्तिकै नेपालका प्रहरी पूर्वाग्रह साध्ने गरेको समेत बताए ।

    कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य खेम लुईटेलले नेपाली पत्रकारिता पत्रकारिताले ग्रामिण भेगको समाचार अझै प्रकाशमा ल्याउन नसकेको बताए  । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले पत्रकारले समेत आचारसंहिता पालना गर्नुपर्ने भन्दै पेशागत सुरक्षाका सवालमा सबै चिन्तित हुनुपर्ने बताए ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिनेश पाण्डेले आफ्ना विरुद्ध समाचार आउने वित्तिकै निजी क्षेत्रका केही व्यवसायीले त्यसलाई अफवाहका रुपमा फैलाएको बताए । 

    कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनीका उपसचिव सन्तोष आचार्य, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिृकत विष्णु ज्ञवाली, इन्टरनेशनल अलर्टका वरिष्ठ कार्यक्रम अधिकृत विजय क्षेत्री, बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवर, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रदीप आचार्य, प्रेस संगठन लुम्बिनी प्रदेशका सह–संयोजक गुनाराम घिमिरे, पत्रकार इन्दिरा आर्याल, बुटवल उद्योग वाणिज्य संघका सदस्य टिकाराम बन्जाडेले बोल्दै पत्रकारितालाई सुरक्षित बनाउनुपर्नेमा जोड दिए । उक्त अवसरमा मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालका कार्यक्रम अधिकृत निराजन नेपालीले प्रस्तुती राख्दै फ्रि मिडिया नेटवर्कको उपयोगिताका बारेमा जानकारी दिए ।

    कार्यक्रम महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता, मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालका अध्यक्ष मिना शर्माको धन्यवाद ज्ञापन तथा सचिव विनोद परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij