images
images

आइतवार, जेठ ६ गते २०८१

अबैध डिजल ओसार पसार गर्ने भारतिय मालबहाक सवारी प्रहरी नियन्त्रणमा 

अबैध डिजल ओसार पसार गर्ने भारतिय मालबहाक सवारी प्रहरी नियन्त्रणमा 

images
images
images
सोमवार, श्रावण ३२ २०७८
सोमवार, श्रावण ३२ २०७८
  • अबैध डिजल ओसार पसार गर्ने भारतिय मालबहाक सवारी प्रहरी नियन्त्रणमा 

    भैरहवा। रुपन्देहीबाट अबैध रुपमा इन्धन ओसार पसार गर्ने भारतीय मालबाहक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    images
    images
    images

    नेपालमा सस्तो मुल्यमा किनेर भारतमा जादै गरेको अबस्थामा रुपन्देही प्रहरीले मालबहाक सवारी साधनलाई नियन्त्रणमा लिएको हो। 

    प्रहरीले आर. जे. ०२ जिवी ४०५६ नम्बरको २२ चक्के लहरीलाई अबैध तरिकाले इन्धन ओसार पसार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

    प्रहरीले गाडीका चालक र सहचालक समेतलाई पक्राउ गरेको जनाएको छ। क्त मालबाहक सवारीमा २ वटा अतिरिक्त ट्यांकी जडान गरी ५ सय लिटर डिजल भरेर भारततर्फ लैजान लागिएको थियो। प्रहरीले सवारी साधन, डिजल सहित ४० लाख ४ हजार मुल्य बराबरको मुल्य कायम गरी भैरहवा भन्सार कार्यालय चलान गरेको छ। 

    प्रहरीले गाडीका चालक भारत राजस्थान जिल्ला करौलीका ४० वर्षिय राकेश डुगर र सहचालक ओमप्रकासलाई नियन्त्रणमा लिएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए। नियन्त्रणमा लिएका मालवाहक सवारी सहित चालक र सहचालकलाई भन्सार कार्यालयमा बुझाइएको डिएसपी थापाले बताए। 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij