२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

जनउत्थानलाई सर्वोत्कृष्ट साकोस पुरस्कार 

सोमवार , श्रावण ३२, २०७८

भैरहवा, ३२ साउन । 
जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–१५, कोटिहवा, रुपन्देही सर्वोत्कृष्ट साकोस  पुरस्कार–२०७८ बाट सम्मानित हुने भएको छ ।  । नेपालभरबाट ५६ वटा सहकारी संस्थाले आवेदन दिएकोमा जनउत्थान साकोस पुरस्कारका लागि छनौट भएको संस्थाका अध्यक्ष ज्ञानु पौड्यालले बताइन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था (नेफ्स्कून)को ३४ औं स्थापना दिवसको अवसरमा सोमबार उक्त पुरस्कार घोषणा गरिएको जनउत्थान साकोसका व्यवस्थापक रन बहादुर थापाले बताए । २०६२ सालमा स्थापना भएको जनउत्थान साकोसमा हाल २५ हजार ६५ जना शेयर सदस्य छन् । त्यस्तै संस्थाको कूल सम्पत्ति २ अर्ब ४६ करोड २१ लाख र संस्थागत पुँजी ६ दशमलव ४६ प्रतिशत रहेको छ । संस्थाले ७ वटा सेवा केन्द्रमार्फत ५३ जना कर्मचारीबाट सेवा प्रदान गदैै आएको छ ।  जनउत्थानले एसियाली ऋण महासंघद्वारा प्रवर्तित एक्सेस सिल्भर र प्रोभेसन सक्सिड ब्राण्ड समेत प्राप्त गरिसकेको छ ।