२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

‘क्षयरोग अन्त्यका लागि बहुपक्षीय जवाफदेहीताको एक नमुना’

रुपन्देहीमा क्षयरोग तथा कोभिड–१९ स्क्रिनिङ्ग कर्नर स्थापना

सोमवार , श्रावण ३२, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, ३२ साउन ।
    जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा क्षयरोग तथा कोभिड–१९ को स्क्रिनिङ्ग कर्नरको स्थापना भएको छ । उक्त कर्नरको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज के.सी.ले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।

    जिल्ला प्रशासन कार्यालयमा विभिन्न कामले दैनिकजसो आउने सेवाग्राहीहरुको चापलाई मध्यनजर गर्दै सेवाग्राहीसंग क्षयरोगका लक्षणका बारेमा जानकारी दिइ लक्षण भएका सेवाग्राहीलाई निःशुल्क क्षयरोग परीक्षण गरिने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । कोभिड–१९ संगसंगै क्षयरोगको पनि संक्रमण हुने जोखिम भएकोले यो कार्य प्रारम्भ गरेको उनले बताए । सेवाग्राहीले आफूमा क्षयरोगको लक्षण भएमा निःशुल्क रुपमा खकार संकलन गर्ने, निदान गर्ने र उपचारको व्यवस्था सरकारले नै गर्ने जानकारी प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए । ‘आगामी दिनमा सेवाग्राहीहरुको भौतिक रुपमा चाप हुने सरकारी कार्यालयहरुमा पनि यो सेवाको विस्तार गर्न सके थप सहयोग पुग्ने देखिन्छ, ’उनले भने ।

    कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका टुक प्रसाद पोखरेल, स्वास्थ्य कार्यालय रुपन्देहीका होम प्रसाद खनाल तथा क्षयरोग कार्यक्रमको साझेदार संस्था किड्सका कर्मचारीहरुको उपस्थिति थियो । क्षयरोग तथा कोभिड–१९ स्क्रिनिङ्ग कार्यमा प्राविधिक सहयोग सेभ द चिल्ड्रेनको रहेको छ ।

    2 (1).jpg