२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

रुपन्देहीमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

सोमवार , श्रावण ३२, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, ३२ साउन । रुपन्देहमिा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार एक सय ५० जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको हो ।

    हालसम्म रुपन्देहीमा २९ हजार ९ सय २९  जनामा कोरोना संक्रमण पुष्ठी भएको छ भने  २९ हजार १३ जना  संक्रमण मुक्त भएका छन्  । हालसम्म कोरोना संक्रमणका कारण  जिल्लामा ५ सय १९ जनाको मृत्यु भएको छ  । त्यस्तै जिल्लामा हाल तिन सय ९८ जना सक्रिय संक्रमीत रहेका छन् ।

    कुन पालिकामा कति संक्रमित  थपिए ?

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा २१ र सैनामैना नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

    यस्तै देवदह नगरपालिकामा ४, तिलोत्तमा नगरपालिकामा २, सिद्धार्थनगर नगरपालिकामा १, ओमसतीया गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।