
सोमवार , श्रावण ३२, २०७८
भैरहवा, ३२ साउन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवामा रहेका किराना तथा होटल रेष्टुरेण्ट पसलहरुमा अनुगमन गरेको छ । सोमबार किराना र होटल रेष्टुरेण्ट पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा केही पसलमा व्यवसाय दर्ता प्रमाण पत्र नविकरण नगरिएको र केही पसल दर्ता बिना सञ्चालन रहेकोे सिद्धार्थनगर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख वरिष्ठ अधिकृत यादव सापकोटाले बताए ।
सिद्धार्थनगरको गल्लामण्डी मा रहेको प्रकाश विशाल चिया नास्ता पसल, विराट चिया नास्ता पसल, सन्तराम मिठाइ पसल, नितिन किराना पसल, पोखरेल किराना पसल, शुभम किराना स्टोर्स, लल्लन किराना पसल, विजय लक्ष्मी किराना स्टोर्स, मैत्रीपथको स्वागतम फास्टफुड, आनन्द किराना स्टोर्स, अमन किराना पसल, पवन मिष्ठान्न भण्डार, ब्याल्याक फोरेष्ट लगायतका पसलहरुमा अनुगमन गरिएको वरिष्ठ अधिकृत सापकोटाले बताए । जसमा मूल्य सुची नराखिएका पसलमा राख्न लगाइएको छ । नविकरण नगरिएका पसलमा गर्न सचेत गराइएको, फोहोर भान्सा भएकोमा सफा र स्वच्छ राख्नलाई सचेत गराइएको उनले बताए ।
अनुगमनमा सिद्धार्थनगर नगरपालिका, सिद्धार्थ उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन, खाद्य तथा गुणस्तर विभाग, उपभोक्ता हित संरक्षण मंच, सञ्चारकर्मी, लगायतका संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । यस अघि पनि मासु/माछा पसल, किराना पसल र होटलमा अनुगमन गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij