images
images

आइतवार, जेठ ६ गते २०८१

न्यूजिल्याण्डमा एकव्यक्ति कोभिड–१९ संक्रमित भेटिएपछि तीनदिन लकडाउन

न्यूजिल्याण्डमा एकव्यक्ति कोभिड–१९ संक्रमित भेटिएपछि तीनदिन लकडाउन

images
images
images
मंगलवार, भाद्र १ २०७८
मंगलवार, भाद्र १ २०७८
  • न्यूजिल्याण्डमा एकव्यक्ति कोभिड–१९ संक्रमित भेटिएपछि तीनदिन लकडाउन

    विलिङटन, १ भदौ ।
    न्यूजिल्याण्डमा एक जना नागरिकमा कोरोना संक्रमण देखिएपछि यहाँको सरकारले तीनदिनका लागि राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ । न्यूजिल्याण्डले कोभिड–१९ संक्रमण बिस्तार नहोस भनी तीन दिन देशव्यापी लकडाउन गरेको छ भने कोरोना संक्रमित भेटिएको अकल्याण्ड सहरमा एकहप्ता लकडाउन हुने घोषणा गरिएको छ । मुलुकको अन्य स्थानमा तीन दिनपछि लकडाउन हट्नेछ ।

    न्यूजिल्याण्डका अधिकारीहरूले अहिले भेटिएको कोरोना संक्रमण डेल्टा भेरियन्टको हो कि भनेर सुरक्षा सतर्कता बढाइएको बताएका छन् । अहिले न्यूजिल्याण्डका करिब २० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । न्यूजिल्याण्डमा भेटिएका कोरोना संक्रमितले भ्रमण गरेको मान्डेल सहरमा पनि एक साताको लकडाउन गरिएको छ । प्रधानमन्त्री ज्यासिन्डा अर्डनले लकडाउन अवधिमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने बताएकी छन् । न्यूजिल्याण्ड कोरोना संक्रमणलाई नियन्त्रणमा सफल भएको मुलुक हो । यहाँ पछिल्लो छ महिना एता एकजनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको थिएन । रासस/एएफपी

    images
    images
    images

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij