२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

राष्ट्रपतिद्वारा दल विभाजन सम्बन्धि अध्यादेश जारी

बुधवार , भाद्र २, २०७८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले  राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ ।  

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्थासहित राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको थियो । sital-_sQq8C83KdE.jpg