२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

बागमती प्रदेश : मुख्यमन्त्री पौडेलले दिए राजीनामा, अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइदै

बुधवार , भाद्र २, २०७८

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् । 

मुख्यमन्त्री पौडेलले बुधबार दिउँसो राजीनामा दिएका हुन् । मुख्यमन्त्री पौडेलले राजीनामा दिएसँगै हेटौँडामा बसेको संसदीय दलको बैठकले नेतृ अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको छ । नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने भएको छ ।

बुधबार हेटौँडामा बसेको एमाले बागमती प्रदेशसभा संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गर्दै मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।  रासस