२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

रुपन्देहीमा एकैदिन थपिए ५२ जना कोरोना संक्रमित

बुधवार , भाद्र २, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, २ भदौ ।  रुपन्देहमिा पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार एक सय ८० जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

    हालसम्म रुपन्देहीमा तिस हजार ३३ जनामा कोरोना संक्रमण पुष्ठी भएको छ भने  २९ हजार ६७ जना  संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणका कारण  जिल्लामा ५ सय २० जनाको मृत्यु भएको छ  । त्यस्तै जिल्लामा हाल चार सय ४८ जना सक्रिय संक्रमीत रहेका छन् ।

    कुन पालिकामा कति संक्रमित  थपिए ?

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा २२ र तिलोत्तमा नगरपालिकामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

    यस्तै सैनामैना नगरपालिकामा ६, देवदह नगरपालिकामा ५, ओमसतीया गाउँपालिकामा २ र सिद्धार्थनगर नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।