२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

एमालेले बिरोध जारी राख्दा लुम्बिनी प्रदेशसभा बैठक स्थगित 

बिहिवार , भाद्र ३, २०७८

बुटवल । नेकपा एमालले आजको बैठकमा पनि अवरोध गर्ने भएपछि लुम्बिनी प्रदेशसभाको आज बस्ने भनिएको नवौं अधिवेशनको तेस्रो बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभाको बैठक विशेषकारणले भदौ ७ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको प्रदेशसभाका सचिव दुलभ कुमार पुन मगरले बताए ।

नेकपा एमाले सूर्य चुनाब लिएर निर्वाचन जितेका अजय शाही र बिमला वलीलाई सांसदबाट हटाउन सभामुखलाई पत्राचार गरेको छ । एमालले सभामुख पूर्ण बहादुर घर्ती मगरले सांसदलाई पदमुक्त गरेको जानकारी प्रदेशसभामा नगराएसम्म प्रदेशसभा अवरुद्ध गर्ने चेतावनी दिँदै आएको छ । नेकपा एमाले नवौँ सोही माग राख्दै अधिवेशनको पहिलो र दोस्रो बैठक अवरुद्ध गरेको थियो ।