२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

रुपन्देहीमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि , १ को मृत्यु

बिहिवार , भाद्र ३, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, ३ भदौ ।  रुपन्देहमिा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार एक सय ८९ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

    हालसम्म रुपन्देहीमा तिस हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  २९ हजार एक सय जना  संक्रमण मुक्त भएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा १ जनको मृत्यु भएको छ।  हालसम्म कोरोना संक्रमणका कारण  जिल्लामा ५ सय २१ जनाको मृत्यु भएको छ  । त्यस्तै जिल्लामा हाल चार सय ५६ जना सक्रिय संक्रमीत रहेका छन् ।

    कुन पालिकामा कति संक्रमित  थपिए ?

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा १६, तिलोत्तमा नगरपालिकामा ८ र  देवदह नगरपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

    यस्तै सैनामैना नगरपालिकामा ५, सिद्धार्थनगर नगरपालिकामा ३, कञ्चन, शुद्धोधन र सम्मरीमाई गाउँपालिकामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।