२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

लुम्बिनी प्रदेशसभा बैठक : एमालेको बिरोधले आधा घण्टामै स्थगित

सोमवार , भाद्र ७, २०७८

बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ। एमालेका सांसदहरुले नाराबाजी गर्दै सदन नचलाउन सभामुखसँग माग गरेका छन्।

नयाँ सरकार गठन भएपछि मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी भइरहेका बेला विपक्षी एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएपछि प्रक्रिया नै अवरुद्ध भएको हो। 

सरकारले वैधानिकता दिएपछि मात्रै केसी नेतृत्वको सरकारले मन्त्रिमण्डललाई पूर्णता दिने जनाएको छ। तर, सरकार गठन भएपछि आह्वान गरिएको नवौं अधिवेशनको शुरुको दिनदेखि नै विपक्षी एमालेले सदनमा अवरोध गर्दै आएको छ। 

प्रदेशसभामा सूूर्य चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका अजय शाही र दाङबाट उपचुनाव लडेकी विमला कुुमारी वलीलाई पदमुक्त गर्न माग गर्दै एमालेले सदनमा अवरोध गरेको हो। प्रदेशसभाले शाही र वलीलाई कारवाही गर्न नमिल्ने पत्र एमालेलाई दिएपछि विवाद थप चर्किएको छ।