२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

जनमोर्चा सासंदकै कारण चल्यो लुम्बिनी प्रदेशसभा, मुख्यमन्त्री केसीले विश्वासको मत लिदै

सोमवार , भाद्र ७, २०७८

बुटवल । राष्ट्रिय जनमोर्चाकि एक सांसद तारा जिसिको कारणले लुम्बिनी प्रदेशसभा चलेको छ। एमालेको निरन्तर बिरोधकै बिच सांसद जिसि सहभागी हुँदा बैठक चलेको हो।

लुम्बिनी प्रदेश सभामा अहिले मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने प्रक्रिया सुरू भएको छ।

प्रदेश सभाको नवौँ अधिवेशनको तेश्रो बैठक विपक्षीको नाराबाजीबीच केहीबेरमै स्थगित भएको थियो। पुन साढे २ बजे सुरू भएको बैठकलाई सभामुखले तेश्रो बैठककै निरन्तरता दिएका थिए। ९ मिनेट मात्र चलेको बैठकमा ४ वटा विधेयक पेश भएलगत्तै बैठक साढे ३ बजेसम्मका लागि स्थगित भएको थियो। प्रमुख प्रतिपक्षी दल एमालेले भने सो बैठक बहिस्कार गरेको थियो।

४ बजेपछि शुरू भएको चौथो बैठकमा सभामुख पूर्णबहादुर घर्तीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम केसीले मुख्यमन्त्रीमा बिश्वासको मत लिने प्रकृया अघि बढाएका हुन्। प्रमुख प्रतिपक्ष दलले तेस्रो बैठक पनि बहिस्कार गरेका छन्।

जनमोर्चा भने सरकारमा सहभागी नहुने तर समर्थन गर्ने बताउदै आएको छ। जनमोर्चा अहिले पनि प्रतिपक्षमै बसेको छ।

237638142_636526623921268_8016137570629196131_n.jpg