२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

लुम्बिनीका मुख्यमन्त्री कुल प्रसाद केसीले पाए बिश्वासको मत : पक्षमा ४२, तटस्थ १

सोमवार , भाद्र ७, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले बिश्वासको मत पाएका छन्।  सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत पाएका हुन्। 

    ४३ प्रदेश सभा सदस्य सहभागी मध्य उनले ४२ मत प्राप्त गरेको प्रदेश सभा सभामुख पुर्ण बहादुर घर्तीले जानकारी दिए। एक जना तटस्थ बसेका छन् भने बिपक्षमा कुनैपनी मत परेन। उपसभामुख कृष्णि थारु तटस्थ बसेकी थिइन्। जनमोर्चा सांसद विपक्षमा बसेपनी पक्षमा मतदान गरेकी थिइन्। 

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिस्कारको बाबजुत पनि जनमोर्चा प्रतिपक्षमा बसेकोले बैठक चलेको हो। ८० सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका ३८, माओवादी (सभामुख सहित) र नेपाली काङ्ग्रेस सङ १९/१९ जना, जसपाका ३ र जनमोर्चाका १ जना सांसद छन्।