२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

सिद्धार्थनगरका दुई स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

बुधवार , भाद्र ९, २०७८

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, ९ भदौ ।
    सिद्धार्थनगर नगरपालिका वडा नम्बर १, बेलहियास्थित आधारभुत स्वास्थ्य केन्द्र तथा वडा नम्बर १०, शंकरपुरस्थित नगर स्वास्थ्य केन्द्रलाई एक÷एक थान अक्सिजन कन्सनट्रेटर मेशिन निःशुल्क हस्तान्तरण गरिएको छ । स्थानीय समाजसेवी सुशील गुरुङको पहल र समन्वय तथा ‘हामी उठ्ने छौं’ फाउण्डेशन, काठमाडौंको सहयोगमा बुधबार एक कार्यक्रमकाबीच उक्त मेशिन हस्तान्तरण गरिएको हो ।


    सिद्धार्थनगर–१ मा वडाअध्यक्ष रमेश मल्ल तथा वडा नम्बर १० मा वडाअध्यक्ष विजयनाथ धवललाई अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरिएको थियो । कोभिड-१९ महामारीको दोस्रो चरणमा अक्सिजन नपाएर नागरिकले अकालमै ज्यान गुमाउनुपरेको परिस्थितिलाई मध्यनजर गर्दै उक्त मेशिन प्रदान गरिएको समाजसेवी सुशील गुरुङले बताए । प्रतिमेशिन करिब १ लाख ४० हजार रुपैयाँमा उक्त मेशिन पाँच लिटर क्षमताको पूर्ण रुपमा स्वचालित किसिमको रहेको ‘हामी उठ्ने छौं’ फाउण्डेशनले जनाएको छ ।

    हस्तान्तरण कार्यक्रममा समाजसेवी सुशील गुरुङ, ‘हामी उठ्ने छौं’ फाउण्डेशनका संस्थापक निर्देशक निर्मल श्रेष्ठ, बेलहिया गाउँ समाजका अध्यक्ष मोहनसिंह शाही, आधारभुत स्वास्थ्य केन्द्र, बेलहियाका इञ्चार्ज एलिसा प्रधान, नगर स्वास्थ्य केन्द्र, शंकरपुरका इञ्चार्ज अंशुका अर्याल, वडा नम्बर १ का  वडा सदस्य मिन बहादुर गुरुङ, राजकिशोर अहिर, वडा नम्बर १० का  वडा सदस्य जानकी कुँवर, सुरज प्रसाद बरई, रामकेश कोइरी,  समाजसेवी कृष्ण कुँवर, संजय चाई, गंगा कँडेल, दिनेश साहनी लगायतको उपस्थिति रहेको थियो ।



    2 (7).jpg