२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

रुपन्देहीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

बुधवार , भाद्र ९, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, ९ भदौ ।  रुपन्देहमिा पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार एक सय ७० जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

    हालसम्म रुपन्देहीमा तिस हजार दुई सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  २९ हजार तिन सय ५१ जना  संक्रमण मुक्त भएका छन् ।  हालसम्म कोरोना संक्रमणका कारण  जिल्लामा ५ सय २५ जनाको मृत्यु भएको छ  । त्यस्तै जिल्लामा हाल चार सय ३ जना सक्रिय संक्रमीत रहेका छन् ।

    कुन पालिकामा कति संक्रमित  थपिए ?

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा १५, सैनामैना नगरपालिकामा १०, र तिलोत्तमा नगरपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  
     
    यस्तै देवदह नगरपालिकामा ४, सिद्धार्थनगर नगरपालिकामा १, कञ्चन र ओमसतीया गाउँपालिकामा  १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।