२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

रुपन्देहीमा थप ५३ जना कोरोना संक्रमण पुष्टि,  १ को मृत्यु 

बिहिवार , भाद्र १०, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, १० भदौ ।  रुपन्देहमिा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार एक सय ७८ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

    हालसम्म रुपन्देहीमा तिस हजार तिन सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  २९ हजार चार सय ३ जना  संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।  हालसम्म कोरोना संक्रमणका कारण  जिल्लामा ५ सय २६ जनाको मृत्यु भएको छ । त्यस्तै जिल्लामा हाल चार सय १६ जना सक्रिय संक्रमीत रहेका छन् ।

    कुन पालिकामा कति संक्रमित  थपिए ?

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी तिलोत्तमा नगरपालिकामा १७, बुटवल उपमहानगरपालिकामा १६, सैनामैना नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  
     
    यस्तै शुद्धोधन गाउँपालिकामा ४, सियारी, कञ्चन, ओमसतीया गाउँपालिकामा २/२ , सिद्धार्थनगर नगरपालिकामा १ र गैडहवा गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।