२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

राप्रपा रुपन्देहीको पदस्थापना कार्यक्रम

वरिष्ठ नेतामा पाण्डेय, उपाध्यक्षमा गुप्ता र थापा

बिहिवार , भाद्र १०, २०७८

भैरहवा, १० भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति रुपन्देहीको पदस्थापना कार्यक्रम बिहीबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा राप्रपा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुलाई पदस्थापना गराइएको छ । 

पार्टीको वैशाख ४ गते सम्पन्न रुपन्देही जिल्ला अधिवेशनले सागर प्रताप राणाको अध्यक्षतामा सर्वसम्मत निर्वाचित गरेको ४१ सदस्यीय कार्यसमितिलाई पदस्थापना गराइएको राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले बताए । 

राप्रपा रुपन्देहीले बिहीबार पदाधिकारी, सदस्य, सल्लाहकार समेत मनोनित गरेको छ । पार्टीको जिल्ला वरिष्ठ नेतामा चन्द्रशेखर पाण्डेय, उपाध्यक्षमा अजय कुमार गुप्ता, पदमा थापा, कोषाध्यक्षमा राजेश ढकाल, प्रवक्तामा पुनाराम पोखरेल, अधिवक्ता दिलिप कुमार मल्लिक, सह–सचिवमा कृष्ण गुरुङ, रफिक शाहलाई मनोनित गरिएको छ ।

त्यस्तै जिल्ला सदस्यमा लक्ष्मण पन्थी, शिव प्रसाद चौधरी, उमापति बरई, सूर्य बहादुर कार्की, राजन भुसाल र श्री सापकोटा रहेका छन् ।
त्यसै गरी सल्लाहकार समिति संयोजकमा कृष्ण प्रसाद भण्डारी, सदस्यमा सुग्रिम प्रसाद त्रिपाठी, अब्दुर रौफ, मधुसुधन सिंह र शेर बहादुर गौतम रहेका छन् ।

राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाको अध्यक्षता, वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराको प्रमुख आतिथ्यता, पूर्व गृहमन्त्री तथा पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, केन्द्रीय कार्यसम्पादन समिति सदस्यद्वय कैलाश गुरुङ, ताहिर अलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन राप्रपाका युवा नेता शंकर खत्रीले गरेका थिए ।

कार्यक्रमममा नेकपा एमाले, नेपाली कांग्रेस परित्याग गरी एक दर्जन नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए ।