२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

‘एमालेसँगको एकता अल्पकालीन सम्झौता मात्र थियो’

शुक्रवार , भाद्र ११, २०७८

भादगाउँ, ११ भदौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी समितिका सदस्य लीलामणि पोखरेलले नेकपा एमाले सँगको तत्कालीन पार्टी एकता रणनीतिक योजनानुसार भएको बताएका छन् । उनले बिहीबार साँझ  मध्यपुरथिमि नगरपालिका–४ को वडा भेलालाई सम्बोधन गर्दै लामो समय मिलेर बस्न सकिँदैन भन्ने जानकारी हुँदाहुँदै तत्कालीन समयमा पार्टी एकता गर्नुपरेको हो भने । 

 उनले भने, “पार्टी एकता दीर्घकालीन सोचले भएको होइन  । एमालेसँगको माओवादीको एकता अल्पकालीन सम्झौता मात्र थियो ।”सरकारले ल्याएको अध्यादेश संविधान रक्षाका लागि भएको  पूर्व सांसद पोखरेलले जिकिर गरे । 

 माओवादी केन्द्रका नेता गुणकृष्ण श्रेष्ठका अध्यक्षतामा सम्पन्न नगरसभा बैठकमा पार्टीका भक्तपुर इन्चार्ज दिलीप प्रजापति, अध्यक्ष डीपी ढकाल, नगर इन्चार्ज कृष्णलाल गोजा र नगर अध्यक्ष विजय श्रेष्ठले  सङ्गठन निर्माणमा जोड दिए ।  सो अवसरमा प्रदीप श्रेष्ठका अध्यक्षतामा २१ सदस्यीय मध्यपुरथिमि–४ वडा कमिटी र सुशील श्रेष्ठका नेतृत्वमा वडाको २३ सदस्यीय वाइसीएल कमिटीसमेत निर्वाचित गरिएको नगर संयोजक विजयले बताए । रासस