२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

वर्षाबाट प्रभावितको सहयोगमा जुट्न कांग्रेस रुपन्देहीको आग्रह

शुक्रवार , भाद्र ११, २०७८

भैरहवा, ११ भदौ । 
नेपाली कांग्रेस रुपन्देहीले अविरल वर्षाका कारण प्रभावितहरुको सहयोगमा जुट्न आफ्ना कार्यकता र सरकारी निकायलाइ आग्रह गरेको छ ।

लगातारको वर्षाले जिल्लाका विभिन्न ठाउँहरु डुबानमा पर्नुका साथै भौतिक नोक्सानी पुर्याएको छ । त्यस्तो डुबान प्रभावितहरुलाई उद्दार र सहयोग गर्नु मानवीय दायित्व समेत भएकाले पार्टीका कार्यकर्ताहरुलाइ आ–आफ्नो स्थानबाट सहयोगमा जुट्न अपिल गरिएको कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बताए । साथै वर्षा र बाढी प्रभावितहरुलाइ उद्दार गरी सहयोग गर्न कांग्रेसले संघीय, प्रदेश र स्थानीय सरकारसंग पनि आग्रह गरेको छ ।