२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

रुपन्देहीमा ११ लाख बराबरको अवैध सामान बरामद

मंगलवार , भाद्र १५, २०७८

भैरहवा, १५ भदौ ।  
रुपन्देही प्रहरीले करिब ११ लाख बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले १० लाख ९३ हजार १ सय ३० रुपैयाँ बराबरको सामान बरामद गरेको हो । प्रहरी चौकी मैनिहवाबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–७ सेमरहवाबाट लु १ ज २६४५ नम्बरको पिकअपमा अवैध रुपमा नेपालबाट भारततर्फ लैजादै गरेको १ लाख ८० हजार रुपैयाँ बराबरको १२० बोरा मटर बरामद गरेको हो । १ लाख ८० हजार रुपैयाँ बराबरको मटर र पिकअपको मुल्य रु. ८ लाख गरी ९ लाख ८० हजार बराबरको अवैध सामान बरामद गरी पिकअप चालक रुपन्देहीको मायादेवी गाउँपालिका–७ का २४ वर्षिय जनन्नाथ यादवलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–११ भुजौलीमा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याँउदै गरेको चिनी, प्याज, माईक्रोनी, काजु किसमिस, विभिन्न किसिमका कपडाहरु र गलैचा गरी १ लाख १३ हजार १ सय ३० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । अवैध सामान फेला पारेपछि स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी)ं सत्यनारायण थापाले जानकारी दिए ।