२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

सिद्धार्थ उद्योग वाणिज्य संघमा विभिन्न उपसमिति बैठक सम्पन्न

बुधवार , भाद्र १६, २०७८

भैरहवा, १६ भदौ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही अन्तर्गत रहेका विभिन्न उपसमितिहरुको बैठक सम्पन्न भएको छ । बुधबार आर्थिक वृद्धि तथा स्रोत परिचालन समितिको बैठक तथा छलफल सम्पन्न भएको छ । 

समितिका संयोजक तथा संघका कोषाध्यक्ष गोविन्द ज्ञवालीको अध्यक्षता तथा महासचिव विजय पाण्डेको सहजीकरणमा सम्पन्न छलफलमा आर्थिक वृद्धिको लागि सदस्यता वृद्धि तथा नयाँ दिगो स्रोत लगायत विषयमा समितिका सदस्यहरुले दिनुभएको सुझावहरुलाई आगामी दिनमा कार्ययोजनामार्फत अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरिएको संघले जनाएको छ ।

त्यसै गरी संघको आईटी तथा प्रविधि विकास उपसमितिको बैठक समितिका संयोजक तथा कार्यसमिति सदस्य प्रमोद रिजालको अध्यक्षता तथा महासचिव विजय पाण्डेको सहजीकरणमा सम्पन्न भएको छ । 

बैठकमा उपसमितिका सदस्यहरुले आईटी क्षेत्रमा रहेका समस्याहरु अवगत गराउँदै संघले समाधानको लागि पहल गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले छलफलका उठेका विषयवस्तुलाई संघले पहल गर्ने बताए ।

त्यसै गरी संघको अटोमोबाइल्स तथा सिप विकास उपसमितिको बैठक समितिका संयोजक कार्यसमिति सदस्य हरि बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । त्यस्तै बैैक, वित्तीय संस्था तथा बीमा उपसमितिको बैठक समितिका संयोजक अभिनव मयुर कसौधनको अध्यक्षतामा सम्पन्न भएको संघका कार्यकारी सचिव आनन्द खनालले बताए ।