
बिहिवार , भाद्र १७, २०७८
भैरहवा, १७ भदौ ।
जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–१५, रुपन्देहीले बाढीप्रभावित शेयर सदस्यलाई राहत प्रदान गरेको छ । अविरल वर्षाका कारण आएको बाढीबाट प्रभावित १६ जना शेयर सदस्यलाई राहत प्रदान गरिएको जनउत्थान सहकारीका अध्यक्ष ज्ञानु पौड्यालले बताइन् । विपद्को समयमा केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले शेयरसदस्यहरुलाई ५÷५ हजार प्रदान गरिएको पौड्यालले जानकारी दिएन् ।
बाढीबाट घर भत्केका शेयर सदस्यहरुलाई नाम, ठेगाना, फोन नम्बरसहित घर भत्केको फोटो पठाइदिन सूचना जारी गरेपश्चात क्षतिको विवरणबारे जानकारी गराएका १६ जना शेयर सदस्यहरुलाई घरमै पुगेर राहत वितरण गरिएको सहकारीका सचिव सरु रानाले बताइन् ।
ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट (राहुल), तिलोत्तमा नगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष दान चौधरी, तिलोत्तमा–१४ का वडासदस्य यम बहादुर थापाको रोहवरमा बाढीप्रभावित सदस्यलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको रानाले जानकारी दिइन् ।
हाल २६ हजार ९ सय ८५ शेयर सदस्य रहेको जनउत्थान सहकारीमा केन्द्रिय कार्यालयसहित ८ वटा सेवा केन्द्रबाट सेवा प्रदान भइरहेको संस्थाका व्यस्थापक रन बहादुर थापाले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij