२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

आजको मौसम : देशभर मेघ गर्जनसहित सामान्य वर्षा हुने

शुक्रवार , आश्विन २, २०७७

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौं । आज देशका बिभिन्न स्थानमा बिहानैबाट मेघ गर्जनसहित सामान्य वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य वर्षाको सम्भावना रहेको र केहि स्थानमा भने बिहानै देखि मेघ गर्जनसहित बर्षा भएको छ ।

    हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । अहिले देशभर सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नं ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखले जानकारी दिएको छ ।

    राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।