२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

बाढीप्रभावित १२५ घरपरिवारलाई राहत वितरण

शनिवार , भाद्र १९, २०७८

भैरहवा, १९ भदौ ।
लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ र लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरले १२५ बाढीप्रभावित घरपरिवारलाई राहत वितरण गरेको छ । अविरल वर्षाका कारण बाढीबाट प्रभावित रुपन्देहीको रोहिणी गाउँपालिका–५ स्थित पिपरहवा र ओमसतिया गाउँपालिका–४ स्थित गुजरपुरवा पुगेर शनिबार राहत सामग्री वितरण गरिएको लायन्स क्लब अफ प्रोग्रेसिभका संस्थापक अध्यक्ष शार्दुल मयूर कसौधनले बताए ।

क्लबले बाढीप्रभावितको अवस्थाका बारेमा जानकारी लिइ रोहिणी गाउँपालिकाको समन्वयमा ७५ घरपरिवार र ओमसतिया वडा नम्बर ४ को  समन्वयमा ५० घरपरिवारलाई राहत वितरण गरिएको लायन्स सिद्धार्थनगर लेडी युथ वर्ष २०२१/२२ का अध्यक्ष तनु शर्मा कसौधनले बताइन् ।
प्रतिपरिवार चामल, आटा, दाल, तेल लगायत खाद्यान्न सामग्री र मास्क गरी ३ लाख बराबरको खाद्यान्न सामग्री वितरण गरिएको लायन्स अफ प्रोग्रेसिभ सिद्धार्थनगरका प्रथम उपाध्यक्ष सुनिल सेञ्चुरीले बताए ।

रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवको प्रमुख आतिथ्यता, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक एक्जुकेटिभ चिफ महेशचन्द थापा, डेपुटी सेक्रेटरी विजय पाण्डे, लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्ष दीपेश पछाई, समाजसेवी शैलेन्द्र उपाध्याय, पिपरहवा प्रहरी चौकी इञ्चार्ज राजेन्द्र रावत, लायन्स जोन चेयरपर्सन अभिनव मयुर कसौधनको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

लायन्स सिद्धार्थनगर लेडी युथका संस्थापक अध्यक्ष सुधा कुंवरको ध्वजा अभिवादन तथा लायन्स प्रोग्रेसिभ सिद्धार्थनगरका सदस्य संजोगराज तिवारीको सञ्चालनमा सम्पन्न कार्यक्रमको संयोजन लायन्स प्रोग्रेसिभ सिद्धार्थनगरका सदस्यद्वय अस्मित पोखरेल र अभा मल्लले गरेका थिए ।

240861938_176585714597831_8101278456247433598_n.jpg240509443_2961467807437669_1360709028610926837_n.jpg