२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

एलआइसीले बुटवलमा मनायो २० औं वार्षिकोत्सव

शनिवार , भाद्र १९, २०७८

बुटवल, १९ भदौ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । २१ औं वर्ष प्रवेश गरेको अवसरमा बुटवल शाखाले एक कार्यक्रमकाबीच वार्षिकोत्सव मनाएको छ ।

एलआइसी नेपालल सन २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भइ निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्दै आइरहेको छ । कार्यक्रममा बुटवल शाखा प्रमुख ज्योती पौडेलले वर्तमान विषम परिस्थितिमा पनि आम नागरिकको विश्वास जितेर कम्पनी अगाडि बढिरहेको भन्दै मानवीय जोखिम न्यूनीकरणका लागि बीमा अपरिहार्य आवश्यकता बनेको बताए ।

वार्षिकोत्सवकै अवसरमा एलआइसी बुटवल शाखाले नयाँ अभिकर्ताहरुका लागि प्रशिक्षण सञ्चालन गरेको थियो । तालिमको अवसरमा कम्पनीका शाखा प्रमुख ज्योती पौडेलले अभिकर्ताले निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा प्रकाश पारेका थिए । 

कम्पनीका एजेन्सी म्यानेजर फणिन्द्र पुरीले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारको साथै बीमाको विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । 

उनले बीमा अभिकर्ता भइ काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, जीवन बीमाको आधारभूत अवधारणा तथा अभ्यासहरुको जानकारीका साथसाथै जीवन बीमामा एलआइसीले खेलेको भूमिकाको बारेमा तालिममा सहभागीहरुलाई स्पष्ट पारेका थिए । त्यस्तै एजेन्सी म्यानेजरहरु सुजित शर्मा, नवराज गौतम, यमबहादुर राना लगायतले जीवन बीमाको बारेमा जानकारी दिएका थिए ।