२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

उद्योग व्यापार संगठनको साधारणसभा तथा अधिवेशन असोजमा

आइतवार , भाद्र २०, २०७८

भैरहवा, २० भदौ ।
उद्योग व्यापार संगठन, रुपन्देहीको १४ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन असोजमा हुने भएको छ । संगठनको भदौ ५ गते बसेको पूर्ण कार्यसमितिको बैठकले साधारणसभा तथा अधिवेशन आगामी असोज ९ गते शनिबार गर्ने निर्णय गरेको हो । 

असोज ९ गते शनिबार बिहान साढे ७ बजेदेखि साधारणसभाको कार्यक्रम सुरु हुने संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ उदयपुरस्थित संगठनको निर्माणाधिन नयाँ भवनमा कार्यक्रम हुने भण्डारीले जानकारी दिए ।

साधारणसभामा अध्यक्षको प्रतिवेदन, महासचिवको प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखापरीक्षक नियुक्ति, साधारणसभाको माइन्यूट लेखन तथा प्रमाणित, विधान संसोधन लगायतका प्रस्तावमा छलफल हुने संगठनका महासचिव अनिल कुमार ज्ञवालीले बताए । सातौं अधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गर्नेछ । महासचिव ज्ञवालीका अनुुसार २०६३ सालमा स्थापना भएको उद्योग व्यापार संगठन रुपन्देहीमा हाल ५ हजार सदस्य छन् ।

उद्योगी व्यवसायीको हकहितका लागि काम गर्दै आएको संगठनले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु समेत गर्दै आएको छ ।