images

सोमवार, बैशाख २४ गते २०८१

बुटवल उवा संघमा फूड एण्ड वेभरेज वस्तुगत समिति गठन

बुटवल उवा संघमा फूड एण्ड वेभरेज वस्तुगत समिति गठन

images
images
images
शनिवार, भाद्र २६ २०७८
शनिवार, भाद्र २६ २०७८
  • बुटवल उवा संघमा फूड एण्ड वेभरेज वस्तुगत समिति गठन

    बुटवल, २६ भदौ ।
    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा फूड एण्ड वेभरेज वस्तुगत समिति गठन गरिएको छ । संघका सदस्य व्यवसायीहरुको भेलाले कृष्णप्रसाद पाण्डेको सभापतित्वमा उक्त समिति गठन गरिएको हो । समितिको उपसभापतिमा छायाँ पोखरेल, सचिवमा मोहनीलाल न्यौपाने र कोषाध्यक्षमा राजेन्द्रकुमार उपाध्यायलाई चयन गरिएको छ । समितिको सदस्यहरुमा पशुपति कानु बानिया, गीता भट्टराई, देवराज लम्साल, हिमाल बेलवासे, पुरुषोत्तम शर्मा र रमेश प्रसाद आचार्यलाई चयन गरिएको छ ।

    images
    images
    images

    भेलामा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले व्यवसायीका समस्या पहिचान गरेर उठान गर्न वस्तुगत समितिलाई सुझाव दिए । वस्तुगत समितिले उठान गरेका समस्याहरु समाधानको लागि संघले पहल र पैरवी गर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरे ।
    संघका उद्योग उपाध्यक्ष टंक प्रसाद गैरेको अध्यक्षतामा भएको उक्त कार्यक्रमको समन्वय संघका कार्यसमिति सदस्य तथा वस्तुगत समितिका समन्वयकर्ता आनन्दप्रसाद वझाले गरेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij