images

सोमवार, बैशाख २४ गते २०८१

दीर्घ रोगीलाई मासिक पाँच हजार दिने सरकारको निर्णयले हर्षित छु : दीपक बोहरा

दीर्घ रोगीलाई मासिक पाँच हजार दिने सरकारको निर्णयले हर्षित छु : दीपक बोहरा

images
images
images
शनिवार, भाद्र २६ २०७८
शनिवार, भाद्र २६ २०७८
  • दीर्घ रोगीलाई मासिक पाँच हजार दिने सरकारको निर्णयले हर्षित छु : दीपक बोहरा

    भैरहवा, २६ भदौ ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले वर्तमान सरकारले क्यान्सर, मिर्गौला र गम्भिर मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार दिने पुनः निर्णय गरेकोमा आफू अत्यन्तै हर्षित भएको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रीपरिषद्मा स्वास्थ्यमन्त्रीको हैसियतले आफूले २०७४ पुस १३ गते दीर्घ रोगीलाई मासिक पाँच हजार भत्ता दिने जनमुखी निर्णय गरिसकेको बताए । तर, २०७४ सालको आम निर्वाचन पछि बनेको सरकारले उक्त जनमुखी निर्णयलाई खारेज गरेको बोहराको भनाइ छ ।

    images
    images
    images

    शनिबार  विज्ञप्ती जारी गर्दै पूर्वमन्त्री बोहराले भनेका छन्, वर्तमान सरकारसंग सो जनमुखी निर्णयको बारेमा निरन्तर परामर्शपश्चात सरकारले क्यान्सर, मिर्गौला रोग र गम्भिर मेरुदण्ड पश्चात बिरामीहरुलार्ए मासिक पाँच हजार भत्ता दिने पुनः निर्णय गरेकोमा प्रधानमन्त्री र वर्तमान सरकारप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु, ।

    दीर्घ रोगको बिरामीहरुलाई प्रदान गरिने भत्ता सुर्तिजन्य वस्तुबाट उठेको करको संचित रकमबाट वितरण गर्ने गरी सरकारलाई कुनै व्यभार नपर्ने व्यवस्था मिलाइएको र सो रोगहरुबाट प्रभावित नेपाली नागरिक अत्यन्तै हर्षित रहेको उनको भनाइ छ । पुनः यो निर्णय भएको अवस्थामा दीर्घ रोगीहरुको मुहारमा खुशी छाउने बोहराले विश्वास व्यक्त गरे । ‘यो निर्णयले निरन्तरता पाउने आशा एवं विश्वास व्यक्त गर्दछु, ’उनले भनेका छन् ।

    IMG-20210911-WA0000.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij