२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

कपिलवस्तुमा बिद्युतको जिप खोलामा खस्दा २ को मृत्यु, १ जना बेपत्ता 

बुधवार , आश्विन ७, २०७७

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको कोइली खोलामा आएको बाढीले बिद्युत प्राधिकरणको जिप बगाउदा दुइ जनाको मृत्यु भएको छ । 

    बुधवार दिउसो ४ बजे बाणगंगा नगरपालिकाको वडा नं ७ भलवाडमा बिद्युत बनाएर फर्किने क्रममा बा १ ञ १०८९ नम्वरको जिप बगाउदा दुई जनाको मृत्यु भएको हो । कपिलवस्तुको वाणगंगा जितपुर फिडर सेवामा कार्यरत इन्चार्ज कृष्ण प्रसाद पौडेल र सवारी चालक माधव पाण्डेको बाढीले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । 

    उनीहरु जितपूरबाट पडेरियामा रहेको ट्रान्सफर्मरमा फ्युज बनाएर फर्किदै थिए । गाडीमा सवार रहेका ६ जनामध्ये अरु १ जना बेपत्ता भएको र ३ जनाले हाम फालेर ज्यान जोगाएको बाणगंगा नगरपालिका वडा नं। ७ का अध्यक्ष विष्णु गिरीले बताए ।

    कपिलवस्तु वाणगंगा ८ बस्ने अन्दाजी वर्ष २७ का विजय पोख्रेल, वाणगंगा ४ बस्ने अन्दाजी वर्ष ३९ का पर्सुराम चौधरी र वाणगंगा ८ बस्ने अन्दाजी वर्ष ३२ की कोपिला अधिकारी हाम फालेर बाँचेको प्रहरीले जनाएको छ । यस्तै अर्घाखाँची शीतगंगा १३ का वर्ष ६२ को जित बहादुर भाट क्षेत्री बेपत्ता छन् । 

    सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले बेपत्ताको खोजी जारी राखेको छ । खोलामा पानीको बहाव बढी भएको कारणले खोजतलास गर्न असहज भएको बताईएको छ ।

    Bidhut.jpg