images

सोमवार, बैशाख २४ गते २०८१

कोरोना महामारीकाबीच वित्तीय लक्ष्य हासिल गर्न सफल आवाज

कोरोना महामारीकाबीच वित्तीय लक्ष्य हासिल गर्न सफल आवाज

images
images
images
सोमवार, भाद्र २८ २०७८
सोमवार, भाद्र २८ २०७८
  • कोरोना महामारीकाबीच वित्तीय लक्ष्य हासिल गर्न सफल आवाज

    बुटवल, २८ भदौ । 
    आवाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवलले गत वर्ष लिएका वित्तीय तथा कार्यक्रमगत लक्ष्य हासिल गरेको छ । गत वर्ष कार्तिक ३० गते सम्पन्न एघारौँ साधारणसभाबाट स्वीकृत भएको वित्तीय लक्ष्य गत असार मसान्तसम्ममा प्राप्त गरेको हो । कार्यक्रमगत उपलब्धी समेत हासिल गर्न सफल भएको सहकारीको प्रतिवेदनले देखाएको छ ।

    सहकारीले गत वर्ष तीन करोड बराबरको शेयर पूंजीको अनुमानित बजेट स्वीकृत गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा सहकारीले २ करोड ९२ लाख ७३ हजार बराबरको शेयर पूँजी निर्माण गर्न सफल देखिएको छ । ‘तीन करोडको अनुमानित शेयर पूँजीमा रहेर काम गरिरहेका छौँ,’ सहकारीका अध्यक्ष बाबुराम बन्जाडेले भने, ‘कोरोना महामारीकाबीचमा पनि उपलब्धीहरू हासिल गरेका छौँ । यो सकारात्मक पक्ष हो ।’
    सहकारीले लक्ष्य भन्दा बढी बचत संकलन गर्न सफल देखिएको छ । १ हजार सेयर सदस्य रहेको सहकारीले असार मसान्त सम्ममा १४ करोड १७ लाख ७४ हजार ८९७ बचत संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष ९ करोड ६१ लाख ८० हजार ९ सय १५ बचत संकलन गरेको थियो । सहकारीले सेयर सदस्यहरु समेत वृद्धि गरेको छ । ८५२ जना सेयर सदस्य रहेकोमा असार मसान्त सम्ममा १ हजार पुर्याइएको सहकारीका व्यवस्थापक मनोज खड्काले बताए ।

    images
    images
    images

    सहकारीले कर्जा लगानी गर्न समेत सफल भएको छ । गत वर्षको साधारण सभाबाट १५ करोड ऋण लगानी गर्ने लक्ष्य लिएको संस्थाले असार समान्त सम्ममा १४ करोड ४४ लख ६५ हजार ४७४ रूपैया कर्जा लगनी गर्न सफल भएको छ । यो अघिल्लो वर्षको तुलनामा झण्डै ३१ प्रतिशत हो । सहकारीले अघिल्लो वर्ष ११ करोड ९ लाख ९३ हजार ५५७ कर्जा लगानी गरेको थियो । सेवा विस्तार तथा सक्रियता नै आर्थिक उपलव्धीको प्रमुख कारण भएको सहकारीका कोषाध्यक्ष अच्युत पन्थ बताउँछन् । ‘हामी कोरोना महामारीमा पनि सकृय रुपमा लागिरहर्यौँ । त्यसैको परिणाम स्वरुप लक्ष्य हासिल गरेका छौँ ।,’ उनले भने ।

    सहकारीले आफ्ना सदस्यहरुलाई आर्थिक स्वतन्त्रता दिने लक्ष्यका राखेको छ । सहकारीले सेवा केन्द्रहरूको विस्तार, सेयर सदस्यहरूलाई तालिम तथा सहकारी शिक्षा, चेकमार्फत सदस्यहरूलाई कारोबारको सुविधा, बचत प्याकेज जस्ता सेवाहरु दिइरहेको व्यवस्थापक खड्काले बताए । सहकारीको बुटवल ६ नेपालगञ्जरोडमा केन्द्रिय कार्यालय रहेको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij