
मंगलवार , भाद्र २९, २०७८
भैरहवा, २९ भदौ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको वर्ष २०७७–२०७९ को लागि तीनदिने कार्ययोजना तर्जूमा गोष्ठी काठमाडौैंमा सुरु भएको छ । गोष्ठीको मंगलबार एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले ६७ वर्ष भन्दा बढी लामो इतिहास बोकेको सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना तर्जूमा गोष्ठीले रुपन्देहीमा लगानीको सम्भावनाबारे कार्यक्रमहरु ल्याउने तथा महासंघलाई समेत सरकारसमक्ष पहलको लागि सहयोग पुग्ने बताए ।
नेपाल उद्योग वणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले क गोष्ठीबाट संघले थप नयाँ कार्यक्रम र नीति निर्माण गरी उद्योगी व्यवसायीको हितमा रचनात्मक हुने विश्वास व्यक्त गरे । कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्रकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य
महासंघका जिल्ला–नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ध्रुवकुमार श्रेष्ठले सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना गोष्ठीबाट प्राप्त निष्कर्ष उद्योग वाणिज्य महासंघको लागि समेत महत्वपूर्ण हुने भएको विश्वास व्यक्त गरे । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव विजय पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
भदौ २८ देखि ३० गतेसम्म काठमाण्डौमा सञ्चालन हुने उक्त कार्ययोजना गोष्ठीमा फोकलपर्सनको रुपमा विजय महर्जनले सहजीकरण गर्ने संघका कार्यकारी सचिव आनन्द खनालले बताए । त्यस्तै बैठक प्रक्रिया तथा नेतृत्व क्षमता विकास सम्बन्धि अभिमुखीकरण तालिमको प्रशिक्षक मिलन गुरुङले सहजीकरण गर्ने खनालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij